चक्की प्रयोग गर्नु अघि

तपाईले गोली लिई गर्भपात गर्नुअघि पूर्ण रूपमा जानकार र तयार भएको महसुस गर्नुहुन्छ भन्ने निश्चित गर्नुहोस्।

1. गर्भावस्था क्याल्कुलेटरको
2. ध्यान दिनु पर्ने कुरा
3. सामान्य सुझाब
4. सुरक्षा योजना निर्माण
Pregnacy calculator

गर्भावस्था क्याल्कुलेटरको

तपाईँले गर्भ धारण गरेको कति भयो? अनुसन्धानबाट प्राय पछिल्लो पटक महिनावारी भएको १० हप्ता भन्दा अघिको गर्भको लागि औषधीय गर्भपतनको सल्लाह दिइने गरेको सङ्केत पाइएको छ। पछिल्लो पटक महिनावारी भएको कति समय भयो भन्ने निश्चित गर्न गर्भ गणक प्रयोग गर्नुहोस्।

तपाईंको महिनावारी यस मिति वा योभन्दा पछि सुरु भएको हो भने:

२०२४ जनवरी २२

तपाईंले अझै पनि गर्भपतन गोली प्रयोग गर्न सक्नुहुन्छ

के तपाइँ 13 हप्ता भन्दा बढी गर्भवती हुनुहुन्छ?

HowToUseAbortionPill प्रोटोकल 13 हप्ता सम्मको गर्भावस्थाको लागि मात्र हो। यद्यपि, गर्भपतनका चक्कीहरू गर्भावस्थामा अर्को प्रोटोकलको साथ लिन सकिन्छ।

थप जानकारीको लागि, तपाईंले www.womenonweb.org मा हाम्रा साथीहरूसँग सम्पर्क गर्न सक्नुहुन्छ। वा तपाईंको देशमा गर्भपतन बारे थप जान्नको लागि हाम्रो देशको प्रोफाइलहरु मा जानुहोस्।

ध्यान दिनु पर्ने कुरा

सामान्य सुझाब

iconहल्का खानेकुरा खानुहोस् (क्रेकर वा टोस्टले वाकवाकी कम गर्न सक्छ)।
iconयो प्रक्रिया पूरा होउन्जेल धेरै पानी पिउनुहोस्।
iconमिसोप्रोस्टोल चक्की प्रयोग गर्दा आफ्नो घर वा यस्तै कुनै ठाउँमा बस्नुहोस् जुन ठाउँ गोप्य होस् र चाहेमा चक्की प्रयोग गरे पछि केही घण्टा पल्टन सकियोस्।
iconचिया वा खानेकुरा ल्याइ दिने र आवश्यक परे हेरचाह गर्न सक्ने व्यक्ति साथमा राख्दा तपाईँलाई सहयोग पुग्छ।
iconउमठेको पीडा कम गर्न मिसोप्रोस्टोल प्रयोग गर्नु अघि आइब्युप्रोफन लिन ध्यान दिनुहोस्।
iconगर्भपाती चक्की प्रयोग गर्नु अघि नै आकस्मिक चिकित्सकीय सहयोगको लागि सुरक्षा योजना बनाउनुहोस्।

सुरक्षा योजना निर्माण

अमेरिकी प्रसूति तथा स्त्रीरोग कङ्ग्रेस (American Congress of Obstetricians and Gynecologists) का अनुसार पहिलो तिन महिनासम्मको औषधीय गर्भपतन सबै भन्दा सुरक्षित विधि मध्ये एक हो। यसो भए तापनि सम्भावित औषधीजन्य सङ्कटको लागि सधैँ तयार रहनु पर्छ। तपाईँलाई आवश्यक पर्न सक्ने सुरक्षा योजना बनाउन सहयोग गर्ने तलका प्रश्नमा ध्यान दिनुहोस्।

सन्दर्भ:

HowToUseAbortionPill.org एक दर्ता गरिएको यू.एस आधारित 501 सी (3 )गैर नाफा संगठनसंग सम्बद्ध छ।
HowToUseAbortionPill.org ले जानकारी को उद्देश्य को लागी मात्र सामग्री प्रदान गर्दछ र चिकित्सा संगठनसँग सम्बद्ध हुँदैन।

Women First Digital द्वारा संचालित