हप्ता अनुसार सुरक्षित औषधीय गर्भपतन
गर्भपतन जब गर्भवास्थामा चाँडै हुन्छ तब त्यहाँ जटिलताको जोखिम कम हुन्छ। जटिलता त्यति बढ्छ जति गर्भ निरन्तर बढ्दै जान्छ। तल दिईएको चार्टले गर्भधारणको अवधिले कतिको जटीलता बढाउँछ भनि देखाउँछ। हुन त जोखिम गर्भधारणको अन्तिम चरण तिर उच्च हुन्छ, 13 हप्तामा गर्भपतनलाई पनि सुरक्षित मानिन्छ।
१० हप्ता पछिको गर्भपतनमा तपाईंले के देख्नु हुनेछ?
औषधीय गर्भपतनले महिलाहरुलाई रक्ताश्राव गराउँछ। यो रक्ताश्राव तपाईंको सामान्य महिनावारीको भन्दा ठुलो हुन सक्छ र रगतको चोक्टा समावेश हुनसक्छ। 10-13 हप्ताको गर्भवती महिलाहरुलाई चिन्न सकिने त्यस्ता केहि कुराहरु देख्न सक्नुहुन्छ, वा तन्तुहरु जस्तो देखिन सक्छ। यो सामान्य हो र तपाईं आत्तिनु पर्दैन। यो अपेक्षा गरे अनुसार गर्भपतन भईरहेको छ भन्न प्रक्रियाको संकेत हो। उच्च महिनावारी अवस्थामा, तपाईंले रगतको ठुलो चोक्टाहरु वा तन्तुहरुलाई सुरक्षित साथ् ट्वाइलेटमा फ्याँक्न सक्नुहुनेछ। तपाईं यदि त्यस्तो देशमा बस्नुहुन्छ जहाँ गर्भपतन गैह्र कानूनी मानिन्छ भने तपाईंले हरेक जुन चिन्न सकिने कुराहरु छ तिनीहरुलाई सावधानी पुर्वक र गोप्य तरिकाले फ्याँक्नु पर्छ।
लेखकहरू:
- यो वेब्साइट्मा दिएका सबै जानकारीहरु HowToUseAbortionPill.org का टोलीद्वारा नेशनल गर्भपात महासंघ, आईपास, विश्व स्वास्थ्य संगठन, डी. के. टी ईन्टरनेशनल र क्याराफेम मर्फत दिएका मापदण्ड र प्रोटोकोलको अधारमा लेखिएको हो ।
- राष्ट्रिय गर्भपात महासंघ (एन.ए.एफ) उत्तरी अमेरिकामा गर्भपतन प्रदायकहरूको पेशेवर संघ हो, र यसले समर्थक विकल्प आन्दोलनमा नेतृत्व लेरहेको छ। HowToUseAbortionPill.org मा दिएका जानकारीहरु 2020 क्लिनिकल नीति दिशानिर्देश अधरित NAF द्वारा जारी गरिएको छ।
- आइपस एक मात्र येस्तो अन्तर्राष्ट्रिय संस्था हो जो गर्भपतन र गर्भनिरोधक गर्नेहरुको सुरक्षाको हितमा केंद्रित छ । HowToUseAbortionPill.org मा दिएका जानकारीहरु क्लीनिकल अपडेट प्रजनन स्वास्थ्य 2019 मा Ipas द्वारा जारी गरियो ।
- विश्व स्वास्थ्य संगठन (डब्ल्यू.एच.ओ) संयुक्त राष्ट्र संघको एक विशेष एजेन्सी हो जुन अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्यको लागि जिम्मेवार छ । HowToUseAbortionPill.org मा दिएका जानकारीहरु २०१२ सुरक्षित गर्भपतन: स्वास्थ्य प्रणालिहरूको लागि प्राविधिक र नीति निर्देशन WHO द्वारा जारी गरिएको हो ।
- डि. के. टि एक पंजीकृत यस्तो संस्था हो जस्ले निसुल्क सेवा दिरहेको छ । यो संस्था 1989 परिवार ब्यबहार, एचआईभी /एड्स रोकथाम र सुरक्षित गर्भपतनको सबैभन्दा ठूलो आवश्यकता भएका केहि ठूला देशहरूमा सामाजिक मार्केटिंगको शक्ति केन्द्रित गर्नको लगि स्थापना गरिएको हो ।
- क्याराफेम क्लिनिक सुबिधाजनक येस्तो व्यावसायिक गर्भपतन हेरचाह नेटवर्क हो जहा मानिसहरूले परिवार योजना प्रदान गर्दछ ।
सन्दर्भ:
- “Safe abortion: technical and policy guidance for health systems.” World Health Organization. https://apps.who.int/iris/bitstream/handle/10665/70914/;jsessionid=B7AEEBE4F34809D869F73B1ABA7F6221?sequence=1
- “Clinical updates in reproductive health.” Ipas. https://www.ipas.org/resource/clinical-updates-in-reproductive-health/
- “Clinical policy guidelines for abortion care.” National Abortion Federation (NAF). https://5aa1b2xfmfh2e2mk03kk8rsx-wpengine.netdna-ssl.com/wp-content/uploads/2018_CPGs.pdf