औषधीय गर्भपतन बारे

धेरै मुलुकमा गर्भपतन गराउन पाइने र गर्भपाती चक्कीको प्रयोग सम्बन्धी कानुन हुन्छन्। गर्भपतन निषेध नगरिएका मुलुकमा धेरैजसो डाक्टरले 13 हप्तासम्मको गर्भका लागि मिफेप्रिस्टोन र मिसोप्रोस्टोल औषधी प्रयोग गर्न सल्लाह दिन्छन् तर 13 हप्तासम्मको गर्भको लागि मिसोप्रोस्टोल मात्रै पनि ज्यादै प्रभावकारी हुन्छ। चक्कीबाट गर्भपतन गराउँदा र आफै गर्भपतन हुँदाका लक्षण करिब उस्तै हुन्छन् अनि गोप्य रूपले गर्भपतन गराउनु पर्ने महिलाका लागि चक्कीबाट गर्भपतन गराउनु सुरक्षित पनि हुन्छ।

About Medical Abortion
How it Works Abortion Pills

यसले कसरी काम गर्दछ

औषधीय गर्भपतनमा प्रयोग गरिने चक्कीले पाठेघरको मुख खुकुलो पार्ने तथा खुलाउने र पाठेघर खुम्च्याउने काम गर्छ यसले गर्भलाई बाहिरतिर धकेल्छ। मिसोप्रोस्टोलले सामान्यतया सुरुका ४ ओटा चक्की तपाईँको शरीरले सोसेको १ वा २ घण्टा भित्र उमठ्न र रगत बग्न सुरु हुन्छ। सामान्यतया मिसोप्रोस्टोलका अन्तिम ४ ओटा चक्की लिएको २४ घण्टा भित्र गर्भपतन हुन्छ। प्राय त्यो भन्दा अघि नै हुन्छ।

ध्यान दिनुभयो भने अधिग्रो कतिखेर बाहिर निस्क्यो भन्न सक्नुहुन्छ। यो सानो गाढा रङको अङ्गुर र पालतो झिल्ली जस्तो वा सेतो नरम पत्रले ढाकेको सानो थैलो जस्तो जस्तो देखिन्छ। गर्भको उमेर अनुसार यो तन्तु/अधिग्रो औँलाको नङ जत्रोदेखि बुढीऔँलो जत्रो आकारको हुन सक्छ।

तपाईं चिन्तित हुनुहुन्छ भने

यो अधिग्रो चिन्न सक्नुभयो भने त्यो गर्भपतन सफल भएको सङ्केत हो। प्राय अधिग्रो रगतका फाल्सामा लपेटिएको हुन्छ। राम्ररी ध्यान दिएर नहेर्ने हो भने तपाईँले यसलाई देख्न सक्नु हुन्न।

सन्दर्भ:

HowToUseAbortionPill.org एक दर्ता गरिएको यू.एस आधारित 501 सी (3 )गैर नाफा संगठनसंग सम्बद्ध छ।
HowToUseAbortionPill.org ले जानकारी को उद्देश्य को लागी मात्र सामग्री प्रदान गर्दछ र चिकित्सा संगठनसँग सम्बद्ध हुँदैन।