तपाईँले गर्भ धारण गरेको कति भयो? अनुसन्धानबाट प्राय पछिल्लो पटक महिनावारी भएको १० हप्ता भन्दा अघिको गर्भको लागि औषधीय गर्भपतनको सल्लाह दिइने गरेको सङ्केत पाइएको छ। पछिल्लो पटक महिनावारी भएको कति समय भयो भन्ने निश्चित गर्न गर्भ गणक प्रयोग गर्नुहोस्।
If your last period started on or after:
You can still consider the abortion pill.
अमेरिकी प्रसूति तथा स्त्रीरोग कङ्ग्रेस (American Congress of Obstetricians and Gynecologists) का अनुसार पहिलो तिन महिनासम्मको औषधीय गर्भपतन सबै भन्दा सुरक्षित विधि मध्ये एक हो। यसो भए तापनि सम्भावित औषधीजन्य सङ्कटको लागि सधैँ तयार रहनु पर्छ। तपाईँलाई आवश्यक पर्न सक्ने सुरक्षा योजना बनाउन सहयोग गर्ने तलका प्रश्नमा ध्यान दिनुहोस्।
सबै भन्दा नजिकको चौबिसै घण्टा खुल्ने आकस्मिक स्वास्थ्य केन्द्र कहाँ छ?
तपाईँ त्यहाँ १ घण्टा भित्र पुग्न सक्नु पर्छ। (तपाईँलाई रक्तअल्पता छ भने तपाईँ त्यहाँ आधा घण्टा भित्र पुग्न सक्नु पर्छ।)
आकस्मिक स्वास्थ्य केन्द्रमा तपाईँ कसरी जानुहुन्छ?
तपाईँसँग कोही छ जसले तपाईँलाई मोटरमा लैजान सक्छ? तपाईँले ट्याक्सी लिनुहुन्छ? सार्वजनिक सवारीमा जानुहुन्छ? कति भाडा लाग्छ अनि चौबिसै घण्टा उपलब्ध हुन्छ? सम्झनुहोस्- औषधीजन्य सङ्कटको अवस्थामा आफैले गाडी चलाएर अस्पताल जानु सुरक्षित हुँदैन।
आफ्नो डाक्टरलाई के भन्नुहुन्छ?
तपाईँ बस्ने ठाउँमा औषधीय गर्भपतन वा घरमै गर्भपतन गर्न कानुनी प्रतिबन्ध छ? आफूलाई कस्तो सहयोग आवश्यक छ भन्ने कुरा डाक्टरले बुझ्ने र आफ्नो गोप्यता पनि कायमै रहने गरी उनीहरुलाई तपाईँ के भन्न सक्नुहुन्छ? के भन्ने भन्ने बारेमा सोच्न तपाईँलाई सहयोग चाहिन्छ भने हामी केही सुझाउ दिन्छौँ।
आफ्नो डाक्टरलाई के भन्नुहुन्छ?
आफ्नो डाक्टरसँग के भन्ने कतिपय मुलुकमा औषधीय गर्भपतन वा घरमै गर्भपतन गर्न कानुनी प्रतिबन्ध हुन्छ। यसको अर्थ तपाईँलाई आकस्मिक चिकित्सकीय सहयोग चाहिएमा के भन्ने भन्ने बारे सचेत हुनु पर्छ। औषधीय गर्भपतनका लक्षण ठ्याक्कै स्वाभाविक गर्भपतन (स्वतः गर्भपतन पनि भनिन्छ) का जस्ता हुन्छन्। त्यसैले तपाईँ यसो भन्न सक्नुहुन्छ:
References:
This website may require anonymous cookies and various third party services to function properly. You can read our Terms & Conditions and Privacy Policies. By continuing to use this site you are giving us your consent to do this.