गर्भपाती चक्की रोक्नु पर्ने अवस्थाहरु
गर्भपतनको पद्धतिलाई गर्भधारण रोक्ने पद्धति संग झुक्किनु हुँदैन (गर्भ निरोधक पद्धति, आपतकालीन गर्भ निरोधक सहित)। गर्भ निरोधक पद्धतिहरुले डिम्ब उत्पादनलाई रोक्छ (डिम्ब उत्पन्न) वा विर्य र डिम्बको मिलन हुन बाट रोक्छ। आपतकालीन गर्भ निरोधक सहितको गर्भ निरोधक पद्धतीहरु, एउटा वृद्धि भईसकेको गर्भ लाई हटाउन वा हस्तक्षेप गर्न प्रयोग गर्न हुँदैन। गर्भ निरोधक पद्धतिहरुको विषयमा अझ बढि जान्नको लागी तपाईं www.findmymethod.org मा जान सक्नुहुन्छ।
औषधीयगर्भपतन पछि तपाईं छिटोमा ८ दिन पछि गर्भवती बन्न सक्नुहुन्छ। यदि तपाईं यौन सम्पर्क गर्नुहुन्छ भने, योजना नगरिएको गर्भधारण बाट बच्नको लागी गर्भ निरोधकहरुको प्रयोग गर्न ध्यान दिनुपर्छ।
कुनै कुनै महिलाहरुलाई अत्याधिक मात्रामा संकुचन हुन्छ- महिनावारीको संकुचनको दुखाइ भन्दा बढि दुखाइ हुन्छ (यदि तपाईंलाई महिनावारीमा संकुचन हुनेगर्छ भने) र रक्तश्राव पनि महिनावारीको भन्दा बढि नै हुनेगर्छ। मिसोप्रोस्टोल लिएको पहिलो केहि घन्टामा कागतीको आकारका जमेको रगत निस्किन सक्छ। अन्य महिलाहरुमा भने, संकुचन हल्का मात्रै हुन्छ र रक्तश्राव पनि महिनावारीको जस्तै सामान्य हुनेगर्छ।
यदि तपाईंको गर्भ 13 हप्ता भन्दा धेरै भएको छ भने तपाईंले घरमा गर्भपतनको चक्की लिनु हुँदैन; यदि तपाईंलाई मिफेप्रिस्टोन वा मिसोप्रोस्टोल प्रति एलर्जी छ भने; यदि तपाईं संग गम्भीर स्वास्थ्य समस्याहरु छन भने जस्तै रगत-जम्ने समस्याहरु; वा यदि तपाईंको आमाशय भन्दा बाहिर पट्टि (एक्टोपिक प्रेगनेन्सी) नै गर्भ बढ्दै गरेको तपाईंलाई लाग्यो वा थाहा पाउनु भयो भने।
दुई प्रकारको गर्भपतनको चक्कीहरु छन, र प्रत्येकको फरक फरक कार्यविधिहरु छन। मिफेप्रिस्टोन ले प्रेगनेन्सी बढ्न बाट रोक्नको लागी आवश्यक पर्ने हर्मोनलाई रोक्छ, जबकी मिसोप्रोस्टोल मा प्रयोग गरिएको तत्त्वहरुले चाँही पाठेघरको मुखलाई आराम दिन्छ र खोलिदिन्छ (गर्भाशयको मुखको भाग) र पाठेघरलाई संकुचित पारिदिन्छ, जसले गर्दा गर्भधारणलाई बाहिर धकेलिदिन्छ।
पर्दैन, हामीले सबैको लागी सिफारिस गरे अनुसार कै चक्कीको मात्रा लिनुहोस्। अध्ययनले के देखाएको छ भने, उपचारको सफलता महिलाहरुको मोटोपना वा विशाल आकारमा भर पर्दैन। तपाईंले अलग्गै मात्रामा वा अझ धेरै चक्की लिनु आवश्यक छैन।
आपतकालीन गर्भनिरोधक चक्की (ECPs) हरु असुरक्षित यौन सम्पर्क पश्चात हुने गर्भधारणलाई रोक्नको लागी एउटा सुरक्षित र असदार माध्यमहरु हुन्। तिनीहरुले डिम्ब उत्पादनलाई रोक्छ (डिम्ब उत्पन्न) वा विर्य र डिम्बको मिलन हुन बाट रोक्छ। ECPs ले एउटा स्थापित भईसकेको गर्भलाई हटाउने वा हस्तक्षेप गर्दैन। ECPs हरु औषधीयगर्भपतन औषधिहरु भन्दा फरक छन (जसमा मिफेप्रिस्टोन र मिसोप्रोस्टोल सम्मिलित छन)। विश्व भर नै महिलाहरुको प्रजनन स्वास्थ्यमा दुवै उपचारहरु अत्यन्त महत्वपूर्ण छन।
हुँदैन, गर्भपात चक्कीहरुले भविष्यको गर्भधारणहरुमा कुनै जन्म खोटहरु बनाउँदैन।
स्वास्थ्य उपचारमा जानुहोस् यदि तपाईंलाई गम्भीर दुखाई (विशेष गरि दाहिने कुममा) भएर रक्तश्राव भएन वा अलिअलि मात्रै रक्तश्राव भयो भने जस्लाई आइब्युप्रोफन ले पनि आराम पार्न सकेन भने। यो एउटा एक्टोपिक प्रेगनेन्सीको संकेत हुन सक्छ (एउटा यस्तो गर्भाधारण जुन आमाशय भन्दा बाहिर हुन्छ)। यो एउटा विरलै हुने अवस्था हो, यो जीवन खतरामा पर्ने हुन सक्छ। यदि तपाईंलाई गर्भपतन सफल भएन भन्ने चिन्ताले सताएको छ भने तपाईंले हाम्रा मित्रहरुलाई www.safe2choose.org मा सम्पर्क गरेर तालिम प्राप्त गर्भपतन परामर्शदाताहरु संग कुरा गर्न सक्नुहुन्छ ।
Misoprostel ले पाठेघरलाई खुम्चाइ दिन्छ जसले गर्दा गर्भ बाहिर निस्किन्छ।
तपाईंको गर्भमा जुम्ल्याह बच्चाहरु भएको पत्ता लगाउनु भयो भने पनि तपाईंले खाने चक्कीको मात्रा वा संख्यामा कुनै परिवर्तन गर्नु पर्दैन। जुम्ल्याह गर्भावस्थाहरुमा पनि समान पद्धति लागू हुन्छ।
त्यहाँ दुइ प्रकारका सामान्य गर्भपतनको पद्धतिहरु छन:
1) औषधीयगर्भपतन: औषधीयगर्भपतनले गर्भलाई हटाउनको लागी फर्मालोजिकल औषधिहरुको प्रयोग गर्छन। कहिले काँही यसलाई ‘शल्यक्रिया-रहित गर्भपतन’ वा ‘चक्की सहितको गर्भपतन’ जस्ता शब्दहरुले पनि चिनिन्छ।
2) शल्यक्रिया युक्त गर्भपतन: शल्यक्रिया युक्त गर्भपतन पद्धतिमा, गर्भधारणलाई हटाउनको लागी दक्ष विज्ञहरुले आमाशय मार्फत पाठेघरलाई खालि गर्छन। यस पद्धतिमा निम्न कुराहरु समावेश छन; म्यानुएल व्याकुम एस्पाइरेशन (MVA) र डाइलेटेशन र इभ्याकुवेशन (D&E)।
बनाउँदैन, गर्भपात चक्की लिनाले यसले भविष्यमा गर्भधारण गर्नलाई गाह्रो बनाउँदैन।
तपाईंको गर्भ तुहियो भन्ने तपाईंलाई लाग्यो भने र तपाईंको लगातार २ घण्टा सम्म प्रति घण्टा लगातार २ ओटा प्याडहरु भरियो भने स्वास्थ्य उपचारमा जानुहोस्। भरियो भन्नुको अर्थ तपाईंको प्याड बाहिर देखि भित्रै सम्म, छेउ छेउ, र तल र माथि सम्मै रगतले भिजेको छ भन्नु हो।
Mifeprostone ले प्रेगनेन्सीलाई बढ्नको लागी आवश्यक पर्ने हर्मोनलाई रोकिदिन्छ।
हुँदैन, प्रत्येक गर्भावस्था एउटा फरक स्थिति हो। यदि तपाईंले गर्भपाती चक्की पहिले पनि प्रयोग गर्नु भएको थियो भने, तपाईंले नचाहनु भएको गर्भको निम्ति तपाईंले फेरी पनि चक्कीको प्रयोग गर्दा उच्च मात्राको चक्की लिनु आवश्यक छैन।
अधिक जानकारीको लागी, तपाईंले हाम्रो समुहलाई निम्न इमेलमा सम्पर्क गर्न सक्नुहुन्छ info@howtouseabortionpill.org.
तपाईंको दुखाईलाई हटाउनको लागी हरेक ६-८ घण्टामा ३-४ चक्कीहरु (२०० एम जी) लिनुहोस्। याद गर्नुहोस् मिसोप्रोस्टोल खानु भन्दा अघि तपाईंले आइब्युप्रोफन पनि लिन सक्नुहुन्छ।
हो तपाईंले मिसोप्रोस्टोल लाई घरमा सुरक्षित साथ प्रयोग गर्न सक्नुहुन्छ। जब तपाईं मिसोप्रोस्टोल चक्की लिनुहुन्छ, एउटा यस्तो स्थानमा बसेर लिनुहोस् जहाँ एकान्त छ (जस्तै तपाईंको घर) जहाँ तपाईंले चक्की लिई सक्नुभए पछि केहि घण्टाको लागी ढल्किन सक्नुहुन्छ। तपाईंको साथमा त्यस्तो व्यक्ति हुँदा अझ सजिलो हुन्छ जसले तपाईंलाई हेरचाह गरोस र जसले तपाईंलाई तातो चिया अथवा केहि खाने कुरा ल्यादिएको होस् ।
यदि तपाईंको पाठेघरमा गर्भ निरोधक उपकरण राखिएको छ भने (जस्तै, कपर टि वा प्रोजेस्टेरोन आइ यु डि), तपाईंले औषधीयगर्भपतन गर्न भन्दा अघि त्यो निकाल्नु पर्छ।
मिसोप्रोस्टोल बिलाए पछि, तपाईंले चाहे जस्तो खाना खान सक्नुहुन्छ। सुक्खा खानाहरु (जस्तै क्र्याकर बिस्कुट वा टोस्ट) जसले तपाईंलाई चक्कर लाग्न दिंदैन, जबकी हरियो सागसब्जीहरु, अण्डाहरु र रातो मासुले गर्भपतनमा हराएको खनिजहरु पुनः प्राप्त गर्न सहायता पुर्याउँछ।
३० मिनटको लागी केहि पनि नखानुस वा नपीउनुस जसले गर्दा तपाईं मिसोप्रोस्टोल लाई घुलिने अवसर दिनुहुन्छ। ३० मिनट बिते पछि, चक्कीको रहेको बाँकी भागलाई निल्नको लागी पानी पीउन सक्नुहुन्छ र, सामान्यतया, शरीरमा पानीको अभाव हुन नदिन जति सक्दो पानी पिउनुहोस्।
यदि तपाईंले बच्चालाई स्तनपान गराई रहनुभएको छ भने, उक्त मिसोप्रोस्टोल ले बच्चालाई पखाला लगाउन सक्छ। यस बाट बच्नको लागी, बच्चालाई स्तनपान गराउनु होस्, मिसोप्रोस्टोल चक्की खानुहोस्, र तपाईंले पुनः स्तनपान गराउन भन्दा अघि ४ घण्टा पर्खनु होस्।
मिसोप्रोस्टोल बिलाए पछि, तपाईंले चाहनु भएको अनुसार पेय पदार्थ पीउन सक्नुहुन्छ (मद्धपान बाहेक)
सक्नुहुन्छ, मिफेप्रिस्टोन निल्न सजिलो होस् भन्नको लागी तपाईंले पानी पिउन सक्नुहुन्छ।
यदि तपाईं एचआइभी सहित जिईरहनु भएको छ भने, तपाईं यी कुराहरुलाई ध्यान दिनुहोस कि तपाईंको स्वास्थ्य स्थिर छ कि छैन, तपाईंले एन्टी-रेट्रोभाइरल औषधिहरु खानु भएको हुनुपर्छ, र अरु प्रकारले पनि तपाईंको स्वास्थ्य राम्रो हुनुपर्छ।
औषधिको दक्षतालाई हानी नपुर्याउनको लागी उपचारको अवधिमा मद्धपान रोक्नुपर्छ। मद्धपानले कुनै कुनै अवस्थाहरुमा गर्भाशयको रक्तश्रावलाई बढाउन सक्छ र दुखाइ कम गर्न वा संक्रमणलाई कम गर्नको निम्ति लिएको अन्य औषधिहरुको प्रभावलाई घटाउन सक्छ (त्यस्तो महिलाहरुमा जो जटिलताहरुको सामना गरिरहेका छन्)। सामान्यतया, तपाईंले गर्भपतन पूर्ण सफल भयो भनेर सुनिश्चित नभए सम्म र तपाईं असल स्वास्थ्यमा भएको महसुस नगरे सम्म मद्धपानलाई बन्द गर्ने नै सल्लाह दिइन्छ।
मिसोप्रोस्टोल प्रयोग गर्ने दुई तरिकाहरु छन: चक्कीलाई तपाईंको यौनि भित्र राखेर वा तपाईंको जिब्रो मुनि राखेर (sublingually) प्रयोग गर्न सक्नुहुन्छ। HowToUse को सल्लाह अनुसार तपाईंले जिब्रो भित्र केवल मिसोप्रोस्टोल को प्रयोग गर्नुहोस् कारण यो अझ बढि गोप्य हुन्छ (यो चक्की चाँडो बिलाउँछ र तपाईंको शरीरमा कुनै देखिने गरि यसको अंश रहँदैन) र संक्रमणको जोखिम एकदम न्यून छ।
यदि तपाईंलाई रक्त अल्पत्ता भएको छ भने (तपाईंको रगतमा आइरनको मात्रा कम हुनु), तपाईं देखि ३० मिनट अवधि भित्र भएका कुनै पनि स्वास्थ्य सेवा प्रदायक कहाँ जानु होस् जसले तपाईंलाई आवश्यक परेको सहायता प्रदान गर्न सक्छ। यदि तपाईंलाई धेरै नै रक्त अल्पत्ता भएको छ भने, गर्भपतनको चक्की लिनु भन्दा अघि डाक्टर संग परामर्श लिनुहोस्।
धेरै जसो महिलाहरुमा गर्भधारण करिब ४-५ घण्टा भित्र पतन हुन्छ र २४ घण्टा भित्र नै राम्रो भएको महसुस गर्छन। करिव अर्को ३-४ हप्तामा तपाईंको अर्को महिनावारी नभए सम्म हल्का रक्तश्राव हुनु र दाग देख्नु सामान्य नै हो।
मिफेप्रिस्टोन र मिसोप्रोस्टोल को समिश्रण र मिसोप्रोस्टोल मात्रै दुवै नै प्रभावकारी विकल्पहरु हुन्। तरैपनि, यदी उपलब्ध छ र तपाईं खरीद गर्न सक्नुहुन्छ भने, तपाईंको रोजाई भनेको मिफेप्रिस्टोन र मिसोप्रोस्टोल को समिश्रण हुनुपर्छ।
हुँदैन, तपाईंको पहिलो डेलिभरी अपरेशन बाट भएको छ भने पनि गर्भावस्थाको शुरुवातमा गर्भपाती चक्कीहरु लिनु सुरक्षित हुन्छ।
तपाईंको पेटमा असहज महसुस हुनु सामान्य हो जस्तै पखाला चल्नु, चिसो हुनु, वा यस समयमा ज्वरो आएको महसुस गर्नु। धेरै जसो महिलाहरुले गर्भ पतन भएको थाहा गर्छन र भन्न सक्छन कारण रक्तश्राव कम हुन्छ, र तिनीहरु धेरै आराम महसुस गर्न शुरु गर्छन।
१०० मा ९८ महिलाहरुले यदि मिफेप्रिस्टोन र मिसोप्रोस्टोल को प्रयोग गरे भने पूर्ण गर्भपतन हुन्छ। १०० मा करिब ९५ महिलाहरुले यदि केवल मिसोप्रोस्टोल को प्रयोग गरे भने पूर्ण गर्भपतन हुन्छ।
गर्भ निरोधक चक्की मिफेप्रिस्टोन र जन्म खोटको बीच कुनै सम्बन्ध भएको अहिले सम्म पत्ता लागेको छैन। तरैपनि, मिसोप्रोस्टोल ले जन्म खोटहरुको दरमा हल्का वृद्धी गराएको छ। यदि तपाईंले मिसोप्रोस्टोल लिनु भएको छ र उक्त चक्कीहरु लिएपछि पनि गर्भवती हुनुभयो भने, तपाईंको प्राकृतिक रुपले गर्भ तुहिन सक्छ। तर यदि तपाईंको गर्भ तुहेन र पुरा अवधि सम्म नै गर्भ रहिरहेको छ भने, जन्म खोटको जोखिम १% ले वृद्धि हुन्छ (१०० बच्चाहरुमा एकजनालाई) ।
चक्की लीइसके पछि पनि गर्भधारण भयो भने कुनै कुनै महिलाहरु शल्यक्रिया प्रक्रियामा जानुपर्छ। याद गर्नुहोस्! अपूर्ण गर्भपतनको उपचार विश्व भर नै जहीँ तहीँ उपलब्ध छन। तपाईंको देशमा गर्भपतन कानूनी रुपमा बन्देज छ भने पनि, यसको सेवा पाउनु तपाईंको अधिकार हो।
मिफेप्रिस्टोन र मिसोप्रोस्टोल हरु संगै मिश्रण गरिन्छ कारण यी दुवै चक्कीले एक अर्कालाई पूर्ण गर्छन। मिसोप्रोस्टोल मा प्रयोग गरिएको तत्त्वहरुले चाँही पाठेघरको मुखलाई आराम दिन्छ र खोलिदिन्छ (गर्भाशयको मुखको भाग) र पाठेघरलाई संकुचित पारिदिन्छ, जसले गर्दा गर्भलाई बाहिर धकेलिदिन्छ।
यदि तपाईंलाई एक्टोपिक प्रेगनेन्सीको खतरा छ भन्ने तपाईंलाई थाहा छ भने गर्भपाती चक्की लिनु सुरक्षित छैन। तपाईंको नली बन्ध्याकरण भएको कारण, हामीलाई थाहा छ कि तपाईंको नलीहरुमा (फलोपीयन ट्युब) तपाईंको घाउहरु छन। तपाईंको पछिल्लो गर्भधारण एक्टोपिक प्रेगनेन्सी हुनुको एउटा कारण त्यो पनि हुन् सक्छ। फलोपीयन ट्युबहरु भनेको त्यो हो जहाँ एउटा महिलाको डिम्ब पुरुषको विर्य संग उर्वर हुन्छ। उक्त गर्भधारण विकास हुन सुरु हुन्छ र आमाशय तर्फ सर्दै जान्छ। यदि तपाईंको नलीमा घाउ छ भने, शुरुको गर्भधारण उक्त नालीमा अल्झिन सक्छ। जसो जसो गर्भ बढ्दै जान्छ, यसले उक्त नलीलाई फुटाइदिन सक्छ। यदि नली फुट्यो भने, यसले तपाईं भित्र ठुलो रक्तश्राव गराउन सक्छ, जसले ज्यान खतरामा पर्न सक्छ। तपाईं फेरी पनि अर्को एक्टोपिक प्रेगनेन्सीको जोखिममा पर्नुहुन्छ। जब सम्म स्वास्थ्यकर्मीले तपाईंको गर्भधारण नली भित्र नभएर आमाशय भित्र छ भनी पक्का गर्दैन तब सम्म तपाईंले आफै नै गर्भपाती चक्कीको प्रयोग गर्नु हुँदैन।
यदि तपाईंले आफ्नो जिब्रोको मुनि राखेर मिसोप्रोस्टोल को प्रयोग गर्नुभयो भने, तपाईंले गर्भपतनको चक्की लिनुभएको छ भनेर कसैले पनि तपाईंलाई भन्न सक्दैनन्, किनभने ३० मिनट पछि तपाईंले सबै कुरा निल्नु हुनेछ। यदि कसैले सोध्यो भने, तपाईंले प्राकृतिक रुपमा गर्भ तुह्यो भन्न सक्नुहुन्छ। यदि तपाईंले यौनी भित्र मिसोप्रोस्टोल प्रयोग गर्नुभयो भने, एक वा दुइ दिन सम्म पनि उक्त चक्कीको बाहिरि पत्र बिलाएको हुँदैन। तपाईंले मिसोप्रोस्टोल लाई यौनी भित्र प्रयोग गर्नुभएको छ र तपाईंलाई ४८ घण्टा भित्र आकस्मिक चिकित्षकको सेवाआवश्यकता पर्यो भने, स्वास्थ्यकर्मीले तपाईंको यौनी भित्र उक्त चक्कीको सेतो बाहिरि पत्र देख्न सक्छ। त्यसकारण HowToUse (कसरी प्रयोग गर्ने) ले तपाईंको यौनी भित्र नभएर तपाईंको जिब्रो मुनि मिसोप्रोस्टोल को प्रयोग गर्ने सुझावहरु दिन्छ।
पहिलो त तपाईं यो बुझ्नु पर्छ कि धेरै जसो महिलाहरुले अल्ट्रासाउण्ड नगरे सम्म आफुलाई यो अवस्था छ भनि थाह पाउँदैनन्। एक्टोपिक प्रेगनेन्सीहरु सफल हुँदैनन् त्यसैले गर्भपतन गैह्र कानूनी देशहरुमा पनि यस्तो अवस्थामा महिलाहरुले भने गर्भधारणलाई हटाउने एउटा कानूनी प्रावधान प्रयोग गर्न सक्छन।
References:
- Clinical practice handbook for safe abortion. Geneva: World Health Organization; 2014 https://apps.who.int/iris/bitstream/handle/10665/97415/9789241548717_eng.pdf?sequence=1
- FIGO's updated recommendations for misoprostol used alone in gynecology and obstetrics. FIGO; 2017 https://obgyn.onlinelibrary.wiley.com/doi/full/10.1002/ijgo.12181
- Medical management of abortion. Geneva: World Health Organization; 2018. License: CC BY-NC-SA 3.0 IGOhttps://apps.who.int/iris/bitstream/handle/10665/278968/9789241550406-eng.pdf?ua=1
- Royal College of Obstetricians and Gynaecologists. Best practice in comprehensive abortion care. RCOG. 2015. London, Royal College of Obstetricians & Gynaecologists. Best Practice Paper No. 2. https://www.rcog.org.uk/globalassets/documents/guidelines/best-practicepapers/best-practice-paper-2.pdf