गर्भपात चक्कीहरुको नकारात्मक असर र जटिलताहरु

मिसोप्रोस्टोल को प्रयोग पछि कति सम्म रक्तश्राव हुनु र संकुचन हुनुलाई सामान्य भनिन्छ?

कुनै कुनै महिलाहरुलाई अत्याधिक मात्रामा संकुचन हुन्छ- महिनावारीको संकुचनको दुखाइ भन्दा बढि दुखाइ हुन्छ (यदि तपाईंलाई महिनावारीमा संकुचन हुनेगर्छ भने) र रक्तश्राव पनि महिनावारीको भन्दा बढि नै हुनेगर्छ। मिसोप्रोस्टोल लिएको पहिलो केहि घन्टामा कागतीको आकारका जमेको रगत निस्किन सक्छ। अन्य महिलाहरुमा भने, संकुचन हल्का मात्रै हुन्छ र रक्तश्राव पनि महिनावारीको जस्तै सामान्य हुनेगर्छ।

मिसोप्रोस्टोल लिए पछि पनि यदि रक्तश्राव भएन भने के गर्ने?

स्वास्थ्य उपचारमा जानुहोस् यदि तपाईंलाई गम्भीर दुखाई (विशेष गरि दाहिने कुममा) भएर रक्तश्राव भएन वा अलिअलि मात्रै रक्तश्राव भयो भने जस्लाई आइब्युप्रोफन ले पनि आराम पार्न सकेन भने। यो एउटा एक्टोपिक प्रेगनेन्सीको संकेत हुन सक्छ (एउटा यस्तो गर्भाधारण जुन आमाशय भन्दा बाहिर हुन्छ)। यो एउटा विरलै हुने अवस्था हो, यो जीवन खतरामा पर्ने हुन सक्छ। यदि तपाईंलाई गर्भपतन सफल भएन भन्ने चिन्ताले सताएको छ भने तपाईंले हाम्रा मित्रहरुलाई www.safe2choose.org मा सम्पर्क गरेर तालिम प्राप्त गर्भपतन परामर्शदाताहरु संग कुरा गर्न सक्नुहुन्छ ।

गर्भपतनको चक्की लिए पछि अत्याधिक रक्तश्राव भयो भने के गर्ने?

तपाईंको गर्भ तुहियो भन्ने तपाईंलाई लाग्यो भने र तपाईंको लगातार २ घण्टा सम्म प्रति घण्टा लगातार २ ओटा प्याडहरु भरियो भने स्वास्थ्य उपचारमा जानुहोस्। भरियो भन्नुको अर्थ तपाईंको प्याड बाहिर देखि भित्रै सम्म, छेउ छेउ, र तल र माथि सम्मै रगतले भिजेको छ भन्नु हो।

गर्भपतनको चक्की लिईसके पछि दुखाईलाई कम गर्नको निम्ति म के गर्न सक्छु?

तपाईंको दुखाईलाई हटाउनको लागी हरेक ६-८ घण्टामा ३-४ चक्कीहरु (२०० एम जी) लिनुहोस्। याद गर्नुहोस् मिसोप्रोस्टोल खानु भन्दा अघि तपाईंले आइब्युप्रोफन पनि लिन सक्नुहुन्छ।

गर्भपतनको चक्की खाए पछि के मैले सामान्य तरिकाले खानाहरु खान सक्छु?

मिसोप्रोस्टोल बिलाए पछि, तपाईंले चाहे जस्तो खाना खान सक्नुहुन्छ। सुक्खा खानाहरु (जस्तै क्र्याकर बिस्कुट वा टोस्ट) जसले तपाईंलाई चक्कर लाग्न दिंदैन, जबकी हरियो सागसब्जीहरु, अण्डाहरु र रातो मासुले गर्भपतनमा हराएको खनिजहरु पुनः प्राप्त गर्न सहायता पुर्याउँछ।

गर्भपतनको चक्की खाए पछि के मैले सामान्य तरिकाले पेय पदार्थहरु पीउन सक्छु?

मिसोप्रोस्टोल बिलाए पछि, तपाईंले चाहनु भएको अनुसार पेय पदार्थ पीउन सक्नुहुन्छ (मद्धपान बाहेक)

गर्भपाती चक्की खानु अघि वा खाए पछि के म मद्धपान गर्न सक्छु?

औषधिको दक्षतालाई हानी नपुर्याउनको लागी उपचारको अवधिमा मद्धपान रोक्नुपर्छ। मद्धपानले कुनै कुनै अवस्थाहरुमा गर्भाशयको रक्तश्रावलाई बढाउन सक्छ र दुखाइ कम गर्न वा संक्रमणलाई कम गर्नको निम्ति लिएको अन्य औषधिहरुको प्रभावलाई घटाउन सक्छ (त्यस्तो महिलाहरुमा जो जटिलताहरुको सामना गरिरहेका छन्)। सामान्यतया, तपाईंले गर्भपतन पूर्ण सफल भयो भनेर सुनिश्चित नभए सम्म र तपाईं असल स्वास्थ्यमा भएको महसुस नगरे सम्म मद्धपानलाई बन्द गर्ने नै सल्लाह दिइन्छ।

गर्भपतनको चक्कीको नकारात्मक असर हराउनको लागी कति समय लाग्छ?

धेरै जसो महिलाहरुमा गर्भधारण करिब ४-५ घण्टा भित्र पतन हुन्छ र २४ घण्टा भित्र नै राम्रो भएको महसुस गर्छन। करिव अर्को ३-४ हप्तामा तपाईंको अर्को महिनावारी नभए सम्म हल्का रक्तश्राव हुनु र दाग देख्नु सामान्य नै हो।

मिसोप्रोस्टोल लिए पछि बिमार महसुस गर्नु र चक्कर लाग्नु के सामान्य हो?

तपाईंको पेटमा असहज महसुस हुनु सामान्य हो जस्तै पखाला चल्नु, चिसो हुनु, वा यस समयमा ज्वरो आएको महसुस गर्नु। धेरै जसो महिलाहरुले गर्भ पतन भएको थाहा गर्छन र भन्न सक्छन कारण रक्तश्राव कम हुन्छ, र तिनीहरु धेरै आराम महसुस गर्न शुरु गर्छन।

गर्भपतनको चक्की लिईसके पछि पनि यदि गर्भधारण भयो भने मैले के गर्नुपर्छ?

चक्की लीइसके पछि पनि गर्भधारण भयो भने कुनै कुनै महिलाहरु शल्यक्रिया प्रक्रियामा जानुपर्छ। याद गर्नुहोस्! अपूर्ण गर्भपतनको उपचार विश्व भर नै जहीँ तहीँ उपलब्ध छन। तपाईंको देशमा गर्भपतन कानूनी रुपमा बन्देज छ भने पनि, यसको सेवा पाउनु तपाईंको अधिकार हो।

सन्दर्भ