गर्भपतनको चक्कीहरुको प्रकारहरु र तिनीहरुको प्रयोग

गर्भपाती चक्कीले कसरी काम गर्छ?

दुई प्रकारको गर्भपतनको चक्कीहरु छन, र प्रत्येकको फरक फरक कार्यविधिहरु छन। मिफेप्रिस्टोन ले प्रेगनेन्सी बढ्न बाट रोक्नको लागी आवश्यक पर्ने हर्मोनलाई रोक्छ, जबकी मिसोप्रोस्टोल मा प्रयोग गरिएको तत्त्वहरुले चाँही पाठेघरको मुखलाई आराम दिन्छ र खोलिदिन्छ (गर्भाशयको मुखको भाग) र पाठेघरलाई संकुचित पारिदिन्छ, जसले गर्दा गर्भधारणलाई बाहिर धकेलिदिन्छ।

मिसोप्रोस्टोल ले के गर्छ?

Misoprostel ले पाठेघरलाई खुम्चाइ दिन्छ जसले गर्दा गर्भ बाहिर निस्किन्छ।

Mifeprostone ले के गर्छ?

Mifeprostone ले प्रेगनेन्सीलाई बढ्नको लागी आवश्यक पर्ने हर्मोनलाई रोकिदिन्छ।

के मैले मिसोप्रोस्टोल लाई घरमा प्रयोग गर्न सक्छु?

हो तपाईंले मिसोप्रोस्टोल लाई घरमा सुरक्षित साथ प्रयोग गर्न सक्नुहुन्छ। जब तपाईं मिसोप्रोस्टोल चक्की लिनुहुन्छ, एउटा यस्तो स्थानमा बसेर लिनुहोस् जहाँ एकान्त छ (जस्तै तपाईंको घर) जहाँ तपाईंले चक्की लिई सक्नुभए पछि केहि घण्टाको लागी ढल्किन सक्नुहुन्छ। तपाईंको साथमा त्यस्तो व्यक्ति हुँदा अझ सजिलो हुन्छ जसले तपाईंलाई हेरचाह गरोस र जसले तपाईंलाई तातो चिया अथवा केहि खाने कुरा ल्यादिएको होस् ।

मिसोप्रोस्टोल लिई सके पछि के मैले पानी पीउन हुन्छ?

३० मिनटको लागी केहि पनि नखानुस वा नपीउनुस जसले गर्दा तपाईं मिसोप्रोस्टोल लाई घुलिने अवसर दिनुहुन्छ। ३० मिनट बिते पछि, चक्कीको रहेको बाँकी भागलाई निल्नको लागी पानी पीउन सक्नुहुन्छ र, सामान्यतया, शरीरमा पानीको अभाव हुन नदिन जति सक्दो पानी पिउनुहोस्।

मिफेप्रिस्टोन खाई सके पछि के मैले पानी पीउन हुन्छ?

सक्नुहुन्छ, मिफेप्रिस्टोन निल्न सजिलो होस् भन्नको लागी तपाईंले पानी पिउन सक्नुहुन्छ।

के मैले मिसोप्रोस्टोल जिब्रोको मुनि राखेर वा यौनि भित्र राखेर प्रयोग गर्न सक्छु?

मिसोप्रोस्टोल प्रयोग गर्ने दुई तरिकाहरु छन: चक्कीलाई तपाईंको यौनि भित्र राखेर वा तपाईंको जिब्रो मुनि राखेर (sublingually) प्रयोग गर्न सक्नुहुन्छ। HowToUse को सल्लाह अनुसार तपाईंले जिब्रो भित्र केवल मिसोप्रोस्टोल को प्रयोग गर्नुहोस् कारण यो अझ बढि गोप्य हुन्छ (यो चक्की चाँडो बिलाउँछ र तपाईंको शरीरमा कुनै देखिने गरि यसको अंश रहँदैन) र संक्रमणको जोखिम एकदम न्यून छ।

मिसोप्रोस्टोल मात्रै लिनु र मिफेप्रिस्टोन र मिसोप्रोस्टोल दुवै लिनुमा के भिन्नता छ?

मिफेप्रिस्टोन र मिसोप्रोस्टोल को समिश्रण र मिसोप्रोस्टोल मात्रै दुवै नै प्रभावकारी विकल्पहरु हुन्। तरैपनि, यदी उपलब्ध छ र तपाईं खरीद गर्न सक्नुहुन्छ भने, तपाईंको रोजाई भनेको मिफेप्रिस्टोन र मिसोप्रोस्टोल को समिश्रण हुनुपर्छ।

मिसोप्रोस्टोल कतिको प्रभावकारी छ र मिसोप्रोस्टोल + मिफेप्रिस्टोन कतिको प्रभावकारी छ?

१०० मा ९८ महिलाहरुले यदि मिफेप्रिस्टोन र मिसोप्रोस्टोल को प्रयोग गरे भने पूर्ण गर्भपतन हुन्छ। १०० मा करिब ९५ महिलाहरुले यदि केवल मिसोप्रोस्टोल को प्रयोग गरे भने पूर्ण गर्भपतन हुन्छ।

मैले पहिला मिफेप्रिस्टोन को प्रयोग गरिसकेको छु भने किन मैले धेरै मिसोप्रोस्टोल लिनु जरुरी छ?

मिफेप्रिस्टोन र मिसोप्रोस्टोल हरु संगै मिश्रण गरिन्छ कारण यी दुवै चक्कीले एक अर्कालाई पूर्ण गर्छन। मिसोप्रोस्टोल मा प्रयोग गरिएको तत्त्वहरुले चाँही पाठेघरको मुखलाई आराम दिन्छ र खोलिदिन्छ (गर्भाशयको मुखको भाग) र पाठेघरलाई संकुचित पारिदिन्छ, जसले गर्दा गर्भलाई बाहिर धकेलिदिन्छ।

मैले चक्कीको प्रयोग गरेर गर्भपतन गरेको भन्ने कुरा के अरु कसैले थाहा पाउँछन्?

यदि तपाईंले आफ्नो जिब्रोको मुनि राखेर मिसोप्रोस्टोल को प्रयोग गर्नुभयो भने, तपाईंले गर्भपतनको चक्की लिनुभएको छ भनेर कसैले पनि तपाईंलाई भन्न सक्दैनन्, किनभने ३० मिनट पछि तपाईंले सबै कुरा निल्नु हुनेछ। यदि कसैले सोध्यो भने, तपाईंले प्राकृतिक रुपमा गर्भ तुह्यो भन्न सक्नुहुन्छ। यदि तपाईंले यौनी भित्र मिसोप्रोस्टोल प्रयोग गर्नुभयो भने, एक वा दुइ दिन सम्म पनि उक्त चक्कीको बाहिरि पत्र बिलाएको हुँदैन। तपाईंले मिसोप्रोस्टोल लाई यौनी भित्र प्रयोग गर्नुभएको छ र तपाईंलाई ४८ घण्टा भित्र आकस्मिक चिकित्षकको सेवाआवश्यकता पर्यो भने, स्वास्थ्यकर्मीले तपाईंको यौनी भित्र उक्त चक्कीको सेतो बाहिरि पत्र देख्न सक्छ। त्यसकारण HowToUse (कसरी प्रयोग गर्ने) ले तपाईंको यौनी भित्र नभएर तपाईंको जिब्रो मुनि मिसोप्रोस्टोल को प्रयोग गर्ने सुझावहरु दिन्छ।

सन्दर्भ