गर्भपाती चक्की कसले प्रयोग गर्न सक्छन?


यदि म ठुलो जिउको महिला (अत्याधिक मोटो) हो छु, के मैले धेरै चक्की खानु पर्छ?

पर्दैन, हामीले सबैको लागी सिफारिस गरे अनुसार कै चक्कीको मात्रा लिनुहोस्। अध्ययनले के देखाएको छ भने, उपचारको सफलता महिलाहरुको मोटोपना वा विशाल आकारमा भर पर्दैन। तपाईंले अलग्गै मात्रामा वा अझ धेरै चक्की लिनु आवश्यक छैन।

मेरो गर्भमा जुम्ल्याह बच्चाहरु छ भन्ने कुरा पत्ता लगाएँ भने के गर्ने?

तपाईंको गर्भमा जुम्ल्याह बच्चाहरु भएको पत्ता लगाउनु भयो भने पनि तपाईंले खाने चक्कीको मात्रा वा संख्यामा कुनै परिवर्तन गर्नु पर्दैन। जुम्ल्याह गर्भावस्थाहरुमा पनि समान पद्धति लागू हुन्छ।

के गर्भपातको चक्की बेअसरदार हुन्छ यदि यो मैले पहिले पनि प्रयोग गरेको छु भने?

हुँदैन, प्रत्येक गर्भावस्था एउटा फरक स्थिति हो। यदि तपाईंले गर्भपाती चक्की पहिले पनि प्रयोग गर्नु भएको थियो भने, तपाईंले नचाहनु भएको गर्भको निम्ति तपाईंले फेरी पनि चक्कीको प्रयोग गर्दा उच्च मात्राको चक्की लिनु आवश्यक छैन।

मैले IUD (कपर टि) लगाएको छु भने के मैले मिसोप्रोस्टोल को प्रयोग गर्न सक्छु?

यदि तपाईंको पाठेघरमा गर्भ निरोधक उपकरण राखिएको छ भने (जस्तै, कपर टि वा प्रोजेस्टेरोन आइ यु डि), तपाईंले औषधीयगर्भपतन गर्न भन्दा अघि त्यो निकाल्नु पर्छ।

मैले स्तनपान गराई रहँदा मिसोप्रोस्टोल खान सक्छु?

यदि तपाईंले बच्चालाई स्तनपान गराई रहनुभएको छ भने, उक्त मिसोप्रोस्टोल ले बच्चालाई पखाला लगाउन सक्छ। यस बाट बच्नको लागी, बच्चालाई स्तनपान गराउनु होस्, मिसोप्रोस्टोल चक्की खानुहोस्, र तपाईंले पुनः स्तनपान गराउन भन्दा अघि ४ घण्टा पर्खनु होस्।

मलाई एचआईभी छ भने के मैले गर्भपतनको चक्कीहरु खान सक्छु?

यदि तपाईं एचआइभी सहित जिईरहनु भएको छ भने, तपाईं यी कुराहरुलाई ध्यान दिनुहोस कि तपाईंको स्वास्थ्य स्थिर छ कि छैन, तपाईंले एन्टी-रेट्रोभाइरल औषधिहरु खानु भएको हुनुपर्छ, र अरु प्रकारले पनि तपाईंको स्वास्थ्य राम्रो हुनुपर्छ।

मलाई रक्तअल्पत्ता भएको छ भने के मैले गर्भपाती चक्की खान सक्छु?

यदि तपाईंलाई रक्त अल्पत्ता भएको छ भने (तपाईंको रगतमा आइरनको मात्रा कम हुनु), तपाईं देखि ३० मिनट अवधि भित्र भएका कुनै पनि स्वास्थ्य सेवा प्रदायक कहाँ जानु होस् जसले तपाईंलाई आवश्यक परेको सहायता प्रदान गर्न सक्छ। यदि तपाईंलाई धेरै नै रक्त अल्पत्ता भएको छ भने, गर्भपतनको चक्की लिनु भन्दा अघि डाक्टर संग परामर्श लिनुहोस्।

मेरो पहिला अपरेशन द्वारा बच्चा भएको थियो भने के अहिले गर्भपतनको चक्की लिनु असुरक्षित हुन्छ?

हुँदैन, तपाईंको पहिलो डेलिभरी अपरेशन बाट भएको छ भने पनि गर्भावस्थाको शुरुवातमा गर्भपाती चक्कीहरु लिनु सुरक्षित हुन्छ।

यदि मैले गर्भपतनको चक्कीको प्रयोग गरेँ तापनि पछि गएर म गर्भवती भएँ भने, के मेरो बच्चा कुनै रोगहरु सहित जन्मन्छ?

गर्भ निरोधक चक्की मिफेप्रिस्टोन र जन्म खोटको बीच कुनै सम्बन्ध भएको अहिले सम्म पत्ता लागेको छैन। तरैपनि, मिसोप्रोस्टोल ले जन्म खोटहरुको दरमा हल्का वृद्धी गराएको छ। यदि तपाईंले मिसोप्रोस्टोल लिनु भएको छ र उक्त चक्कीहरु लिएपछि पनि गर्भवती हुनुभयो भने, तपाईंको प्राकृतिक रुपले गर्भ तुहिन सक्छ। तर यदि तपाईंको गर्भ तुहेन र पुरा अवधि सम्म नै गर्भ रहिरहेको छ भने, जन्म खोटको जोखिम १% ले वृद्धि हुन्छ (१०० बच्चाहरुमा एकजनालाई) ।

मैले तपाईंले पहिले नै स्त्री बन्ध्याकरण (नली बन्द) गरेको छु। तर त्यसले काम गरेन र गर्भवती भएँ। गर्भ नलीमा भएको थियो (एक्टोपिक प्रेग्नेंसी)। म अहिले फेरी गर्भवती भएँ। अब मैले गर्भपाती चक्की लिनु मेरो लागी सुरक्षित छ वा छैन?

यदि तपाईंलाई एक्टोपिक प्रेगनेन्सीको खतरा छ भन्ने तपाईंलाई थाहा छ भने गर्भपाती चक्की लिनु सुरक्षित छैन। तपाईंको नली बन्ध्याकरण भएको कारण, हामीलाई थाहा छ कि तपाईंको नलीहरुमा (फलोपीयन ट्युब) तपाईंको घाउहरु छन। तपाईंको पछिल्लो गर्भधारण एक्टोपिक प्रेगनेन्सी हुनुको एउटा कारण त्यो पनि हुन् सक्छ। फलोपीयन ट्युबहरु भनेको त्यो हो जहाँ एउटा महिलाको डिम्ब पुरुषको विर्य संग उर्वर हुन्छ। उक्त गर्भधारण विकास हुन सुरु हुन्छ र आमाशय तर्फ सर्दै जान्छ। यदि तपाईंको नलीमा घाउ छ भने, शुरुको गर्भधारण उक्त नालीमा अल्झिन सक्छ। जसो जसो गर्भ बढ्दै जान्छ, यसले उक्त नलीलाई फुटाइदिन सक्छ। यदि नली फुट्यो भने, यसले तपाईं भित्र ठुलो रक्तश्राव गराउन सक्छ, जसले ज्यान खतरामा पर्न सक्छ। तपाईं फेरी पनि अर्को एक्टोपिक प्रेगनेन्सीको जोखिममा पर्नुहुन्छ। जब सम्म स्वास्थ्यकर्मीले तपाईंको गर्भधारण नली भित्र नभएर आमाशय भित्र छ भनी पक्का गर्दैन तब सम्म तपाईंले आफै नै गर्भपाती चक्कीको प्रयोग गर्नु हुँदैन।

यदि मलाई एक्टोपिक प्रेगनेन्सी भएको पत्ता लागेको छ भने मैले गर्भ पतन कसरी गराउन सक्छु?

पहिलो त तपाईं यो बुझ्नु पर्छ कि धेरै जसो महिलाहरुले अल्ट्रासाउण्ड नगरे सम्म आफुलाई यो अवस्था छ भनि थाह पाउँदैनन्। एक्टोपिक प्रेगनेन्सीहरु सफल हुँदैनन् त्यसैले गर्भपतन गैह्र कानूनी देशहरुमा पनि यस्तो अवस्थामा महिलाहरुले भने गर्भधारणलाई हटाउने एउटा कानूनी प्रावधान प्रयोग गर्न सक्छन।

गर्भपाती चक्की कसले प्रयोग गर्न सक्छन?

पर्दैन, हामीले सबैको लागी सिफारिस गरे अनुसार कै चक्कीको मात्रा लिनुहोस्। अध्ययनले के देखाएको छ भने, उपचारको सफलता महिलाहरुको मोटोपना वा विशाल आकारमा भर पर्दैन। तपाईंले अलग्गै मात्रामा वा अझ धेरै चक्की लिनु आवश्यक छैन।

तपाईंको गर्भमा जुम्ल्याह बच्चाहरु भएको पत्ता लगाउनु भयो भने पनि तपाईंले खाने चक्कीको मात्रा वा संख्यामा कुनै परिवर्तन गर्नु पर्दैन। जुम्ल्याह गर्भावस्थाहरुमा पनि समान पद्धति लागू हुन्छ।

हुँदैन, प्रत्येक गर्भावस्था एउटा फरक स्थिति हो। यदि तपाईंले गर्भपाती चक्की पहिले पनि प्रयोग गर्नु भएको थियो भने, तपाईंले नचाहनु भएको गर्भको निम्ति तपाईंले फेरी पनि चक्कीको प्रयोग गर्दा उच्च मात्राको चक्की लिनु आवश्यक छैन।

यदि तपाईंको पाठेघरमा गर्भ निरोधक उपकरण राखिएको छ भने (जस्तै, कपर टि वा प्रोजेस्टेरोन आइ यु डि), तपाईंले औषधीयगर्भपतन गर्न भन्दा अघि त्यो निकाल्नु पर्छ।

यदि तपाईंले बच्चालाई स्तनपान गराई रहनुभएको छ भने, उक्त मिसोप्रोस्टोल ले बच्चालाई पखाला लगाउन सक्छ। यस बाट बच्नको लागी, बच्चालाई स्तनपान गराउनु होस्, मिसोप्रोस्टोल चक्की खानुहोस्, र तपाईंले पुनः स्तनपान गराउन भन्दा अघि ४ घण्टा पर्खनु होस्।

यदि तपाईं एचआइभी सहित जिईरहनु भएको छ भने, तपाईं यी कुराहरुलाई ध्यान दिनुहोस कि तपाईंको स्वास्थ्य स्थिर छ कि छैन, तपाईंले एन्टी-रेट्रोभाइरल औषधिहरु खानु भएको हुनुपर्छ, र अरु प्रकारले पनि तपाईंको स्वास्थ्य राम्रो हुनुपर्छ।

यदि तपाईंलाई रक्त अल्पत्ता भएको छ भने (तपाईंको रगतमा आइरनको मात्रा कम हुनु), तपाईं देखि ३० मिनट अवधि भित्र भएका कुनै पनि स्वास्थ्य सेवा प्रदायक कहाँ जानु होस् जसले तपाईंलाई आवश्यक परेको सहायता प्रदान गर्न सक्छ। यदि तपाईंलाई धेरै नै रक्त अल्पत्ता भएको छ भने, गर्भपतनको चक्की लिनु भन्दा अघि डाक्टर संग परामर्श लिनुहोस्।

हुँदैन, तपाईंको पहिलो डेलिभरी अपरेशन बाट भएको छ भने पनि गर्भावस्थाको शुरुवातमा गर्भपाती चक्कीहरु लिनु सुरक्षित हुन्छ।

गर्भ निरोधक चक्की मिफेप्रिस्टोन र जन्म खोटको बीच कुनै सम्बन्ध भएको अहिले सम्म पत्ता लागेको छैन। तरैपनि, मिसोप्रोस्टोल ले जन्म खोटहरुको दरमा हल्का वृद्धी गराएको छ। यदि तपाईंले मिसोप्रोस्टोल लिनु भएको छ र उक्त चक्कीहरु लिएपछि पनि गर्भवती हुनुभयो भने, तपाईंको प्राकृतिक रुपले गर्भ तुहिन सक्छ। तर यदि तपाईंको गर्भ तुहेन र पुरा अवधि सम्म नै गर्भ रहिरहेको छ भने, जन्म खोटको जोखिम १% ले वृद्धि हुन्छ (१०० बच्चाहरुमा एकजनालाई) ।

यदि तपाईंलाई एक्टोपिक प्रेगनेन्सीको खतरा छ भन्ने तपाईंलाई थाहा छ भने गर्भपाती चक्की लिनु सुरक्षित छैन। तपाईंको नली बन्ध्याकरण भएको कारण, हामीलाई थाहा छ कि तपाईंको नलीहरुमा (फलोपीयन ट्युब) तपाईंको घाउहरु छन। तपाईंको पछिल्लो गर्भधारण एक्टोपिक प्रेगनेन्सी हुनुको एउटा कारण त्यो पनि हुन् सक्छ। फलोपीयन ट्युबहरु भनेको त्यो हो जहाँ एउटा महिलाको डिम्ब पुरुषको विर्य संग उर्वर हुन्छ। उक्त गर्भधारण विकास हुन सुरु हुन्छ र आमाशय तर्फ सर्दै जान्छ। यदि तपाईंको नलीमा घाउ छ भने, शुरुको गर्भधारण उक्त नालीमा अल्झिन सक्छ। जसो जसो गर्भ बढ्दै जान्छ, यसले उक्त नलीलाई फुटाइदिन सक्छ। यदि नली फुट्यो भने, यसले तपाईं भित्र ठुलो रक्तश्राव गराउन सक्छ, जसले ज्यान खतरामा पर्न सक्छ। तपाईं फेरी पनि अर्को एक्टोपिक प्रेगनेन्सीको जोखिममा पर्नुहुन्छ। जब सम्म स्वास्थ्यकर्मीले तपाईंको गर्भधारण नली भित्र नभएर आमाशय भित्र छ भनी पक्का गर्दैन तब सम्म तपाईंले आफै नै गर्भपाती चक्कीको प्रयोग गर्नु हुँदैन।

पहिलो त तपाईं यो बुझ्नु पर्छ कि धेरै जसो महिलाहरुले अल्ट्रासाउण्ड नगरे सम्म आफुलाई यो अवस्था छ भनि थाह पाउँदैनन्। एक्टोपिक प्रेगनेन्सीहरु सफल हुँदैनन् त्यसैले गर्भपतन गैह्र कानूनी देशहरुमा पनि यस्तो अवस्थामा महिलाहरुले भने गर्भधारणलाई हटाउने एउटा कानूनी प्रावधान प्रयोग गर्न सक्छन।

सन्दर्भ

यस वेबसाइटलाई ठीक प्रकारले कार्य गर्न बेनामी कूकीज र विभिन्न तेस्रो पार्टी सेवाहरू आवश्यक पर्दछ। तपाईं हाम्रा नियम एवं सर्तहरूगोपनीयता नीतिहरू पढ्न सक्नुहुन्छ। यो साइट प्रयोग गर्न जारी राखेर तपाईं हामीलाई यसो गर्न आफ्नो सहमति दिनुहुन्छ।