स्व-प्रबन्धित गर्भपात

यस अनलाइन कोर्सका लागि कोहि स्व-प्रबन्ध गर्भपातबारे अधिक जान्नका लागि, वा घरमा गर्भपात गराउनका डिजाइन गरिएको हो। यस जानकारीले तपाईं यो पाठ्यक्रममा यो कुरा जान्नुहुनेछ र तपाईं यो सुनिश्चित गर्न मद्दत प्राप्त गर्न सक्नुहुन्छ कि गोलिले गर्भपात सुरक्षित, सुलभ र सुरक्षित हुन सक्छ। यो पाठ्यक्रम Médecins Sans Frontières र www.HowToUseAbortionPill.org बिच सहकार्यमार्फत उत्पादन गरिएको हो।

पाठ 1. के म गर्भवती भएकी छु ?

आफ्नो गर्भावस्थाबारे निश्चित हुन चाहनुहुन्छ? गर्भावस्थाको पुष्टि सम्बन्धित जानकारीका लागि यो भिडियो ब्राउज गर्नुहोस्

गर्भावस्था, गर्भवती

गर्भावस्था – योजनाबद्ध र अनियोजित दुबै – एउटा सामान्य अनुभव हो।

विश्वव्यापी रूपमा, संसारभरि 40%भन्दा बढी गर्भधारण अनियोजित हुन्छन्।

तपाईं गर्भवती हुन चाहनुहुन्न तर भएको शंका लाग्यो भने, तपाईं एक्लो हुनुहुन्न।

यस भिडियोमा, हामी कसरी गर्भावस्थाको पुष्टि गर्ने भन्ने बारेमा कुरा गर्नेछौं।

गर्भधारण सहवासको माध्यमबाट लिङ्गबाट योनीमा वीर्यपात हुँदा हुन्छ, भन्ने कुरा सबैभन्दा पहिला जान्न जरूरी छ।

सहवासमा गर्भ निरोधक प्रयोग गर्नाले गर्भाधान रोक्न मद्दत गर्दछ, तर त्यसमा पनि गर्भवती हुन सक्ने अलिकति डर हुन्छ।

गर्भावस्थाको सबैभन्दा पहिलो र भरपर्दो संकेत मासिक धर्म न आएको अवधि हो।

तपाईंले सहवास गर्नुभएको थियो, र तपाईंको मासिक रक्तस्रावको समय पार भयो भने, तपाईं गर्भवती हुन सक्नुहुन्छ।

वाक्वाकी लाग्नु, टाउको दुख्नु, थकान महसुस हुनु, स्तनहरू विस्तारित र कोमल हुनु गर्भावस्थाका अन्य सामान्य लक्षणहरू हुन्।

तपाईंलाई यी मध्ये कुनै पनि लक्षणहरू छन, र मासिक धर्म पनि देखा परेको छैन भने, तपाईं गर्भवती हुने बढी खतरा हुन्छ।

तपाईंलाई आफू गर्भवती भएको शंका लागेमा, तपाईं मूत्र गर्भावस्था परीक्षण गरेर यसको पुष्टि गर्न सक्नुहुन्छ।

गर्भावस्था परीक्षण उपकरण सामान्यतया फार्मेसीहरू र सुविधा पसलहरूमा बेचिन्छ वा तपाईं कुनै स्वास्थ्य सेवा सुविधा केन्द्रमा जान सक्नुहुनेछ।

गोलीद्वारा गर्भपात गर्नकालागि गर्भधारण परीक्षण गर्नु आवश्यक छैन।

तपाईंलाई गर्भावस्थाका संकेत र लक्षणहरू देखा परे, वा गर्भावस्था परीक्षण सकारात्मक पाइयो, तर तपाईं गर्भ राख्न चाहनुहुन्न भने, तपाईं गर्भावस्थाको अन्त्य गर्ने निर्णय गर्न सक्नुहुन्छ।

गर्भपतन गोली खाएर वा शल्य प्रक्रियाद्वारा गर्न सकिन्छ।

यो भिडियो श्रृंखला हेर्नुहोस्, यसमा हामी तथ्यात्मक, प्रमाण-आधारित जानकारी प्रदान गर्दछौं र 13 हप्ताअघि गोली खाएर गर्न सकिने गर्भपातको विषयमा बारम्बार सोधिने प्रश्नहरूको उत्तर दिन्छौं।

हाम्रो अर्को भिडियोमा, हामी “मेरो गर्भावस्था समय कति भयो? ” भन्ने प्रश्नको उत्तर दिन्छौं,

HowToUseAbortionPill.org एक दर्ता गरिएको यू.एस आधारित 501 सी (3 )गैर नाफा संगठनसंग सम्बद्ध छ।
HowToUseAbortionPill.org ले जानकारी को उद्देश्य को लागी मात्र सामग्री प्रदान गर्दछ र चिकित्सा संगठनसँग सम्बद्ध हुँदैन।

Women First Digital द्वारा संचालित